काठमाण्डौ । सानिमा बैंकले धितोपत्र बोर्डबाट अनुमति प्राप्त ब्रोकरको पहुँचमा नपुगेका लगानीकर्तालाई कहीँ कतैबाट हालसम्म अनुमति नै नपाई सेयर दलाल माथि दलालको गैरकानूनी काम गरेको रहस्य उजागर भएको छ ।
सानिमा बैंकले थ्री इन वान खाताको नाममा गैरकानूनी सेवाको निरन्तर विज्ञापन गर्दै आएको छ । उसले बजारको चलिआएको व्यवस्थालाई समेत चुनौति दिंदै अस्वभाविक शुल्क लिंदै अनुमति नै नपाएको सेयर ब्रोकरको सेवा समेत प्रवाह गर्दै आएको छ । यसका लागि उसले नेप्सेको नियमावलीविपरीत सेयर ब्रोकरेज सेवाको गैरकानूनी विज्ञापन समेत गर्दै आएको छ ।
सेयरको समेत कारोबार गर्न मिल्ने थ्री इन वान खाता पीएमएसकै भएको सानिमा क्यापिटलका सीइओ मनिष जोशीले दाबी गरे ।
‘सेयर लगानीकर्ताबाट आएका अर्डरलाई ब्रोकरकहाँ पठाइन्छ सानिमा बैंकमा ग्राहकको खाता हुने भएकाले सो खाताबाट ब्रोकरलाई भुक्तानी रकमान्तर गरिन्छ ।’ सीइओ जोशीले बिजशालासँग भने–‘हामीले खर्च बापत ०.१० प्रतिशत वा २०–१०० रुपैयाँसम्म शुल्क असुल्ने गर्छौं । ब्रोकरकोमा पहुँच नभएका लगानीकर्तालाई जोड्न र सुबिधा प्रदान गर्ने हेतूले यो सेवा नियामकसँगै अनुमति लिएर संचालन गरिएको हो ।’
उनका अनुसार ब्रोकर र लगानीकर्ता बीच फ्यासिलेट गर्न प्रक्रिया मिलाएर नै यो सेवा थालिएको हो ।
तर, सीइओ जोशीको कुरामा कुनै तूक र दम नरहेको जानकार बताउँछन् । उनको अभिव्यक्तिबाटै प्रष्ट हुन्छ कि दलालमाथि दलालको भूमिका निर्वाह गरी सर्वसाधारणलाई लुट्न खोज्ने धन्दा सानिमा बैंकले चलाइरहेको छ भन्ने ।
अहिले नेप्सेले ब्रोकरमार्फत अनलाइन युजर तथा आइडी बाँडिरहेको बेला लगानीकर्ता आफैले अर्डर सीधै टीएमएसमार्फत अनलाइन कारोबार गरिरहेको सन्दर्भमा सानिमा बैंकले ब्रोकर लाइसेन्स नै नपाई सेयर दलाली सेवा दिइरहेको तथ्य प्रमाणित हुन्छ। बैंकको सहायक कम्पनीका सीइओको अभिव्यक्तिले समेत बैंकबाट गैरकानूनी सेवा प्रवाह भइरहेको प्रष्टिन्छ ।
स्रोतका अनुसार सानिमा बैंकले ब्रोकर नम्बर ६ अग्रबाल सेक्युरिटीज सहितका ब्रोकरमार्फत ब्रोकरमाथि ब्रोकरको अबैध धन्दा चलाइरहेको छ ।
धितोपत्र बोर्डबाट बैधानिक ब्रोकर लाइसेन्स पाएका ब्रोकरहरुलाई बिज्ञापनमा रोक लगाईदा सानिमा बैंकलाई चाहिँ ब्रोकर लाइसेन्स नै नपाई सेयर दलालमाथि सेयर दलालका रुपमा बिज्ञापनमा छूट दिंदा अन्य ब्रोकरहरु भने विभेदको महसुस गरी रुष्ट छन् ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का सीइओ चन्द्रसिह साउदले ब्रोकरले लगइन् मिसयुज गरेको भए कारबाही गरिने बताउँदै अतिरिक्त शुल्क तिरेको प्रमाणसहित आए नेप्सेले अझ कारबाही गर्ने दाबी गरे ।
अनलाइन युजर बाँड्ने अधिकार लाइसेन्स प्राप्त ब्रोकरलाई मात्रै भएको जिकिर गर्दै सीइओ साउदले बिजशालासङ्ग भने–‘लगानीकर्तालाई सेयर खरिदबिक्री गर्न लगईन ब्रोकरले मात्रै दिन मिल्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago