काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईन मार्फत् क्रेडिट कार्ड आवेदन दिनसक्ने व्यवस्था गरेको छ ।
ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेबसाइटमा गई “क्रेडिट कार्ड आवेदन”मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोनमार्फत गराइने बैंकले जनाएको छ । क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुने दाबी गरिएको छ ।
यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ ।
सानिमा बैंकले डिजिटल बैंकिङ्ग प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरु परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकले हाल ८२ शाखा कार्यालय, १५ विस्तारित काउन्टर तथा ८१ एटिएमबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago