काठमाण्डौ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजीको करसहित कुल १३.६० प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ३.६० प्रतिशत रहेका छन्।
बैंकको चुक्तापुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19