काठमाण्डौ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको कुल १३.६ प्रतिशत लाभांश पारित गरेको छ।
काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा आज शुक्रबार सम्पन्न बैंकको १६ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गरेको हो।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँको १० प्रतिशतले हुन आउने बोनस सेयर र ३.६० प्रतिशतले हुन आउने नगद लाभांश प्रस्ताव गरेको थियो।
आर्थिक वर्ष २०७६/७७मा रु .१.७८ अर्ब खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति रु. १२६.३१ अर्ब, कुल निक्षेप रु. ११०.१० अर्ब तथा खुद कर्जा सापटी रु ९३.६९ अर्ब रहेको छ। आर्थिक वर्ष २०७५/७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १९.३०, १२.२९ र १५.८१ प्रतिशतले वृद्धि गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19