काठमाण्डौ । वित्तीय अनुशासनका बारेमा आफ्ना छोराछोरीहरुलाई कम उमेरमै सम्झाउनु बुद्धिमानी हुन्छ । यसले गर्दा उनीहरुलाई आर्थिक समस्यासँग लड्न मद्दत पनि पुग्छ ।
आफ्ना छोराछोरीलाई सम्पत्तिसँग जोडिएका सही जानकारी दिनु र सम्पत्तिको उपयोगिता विकास गर्न सिकाउनु अभिभावकको मुख्य कर्तव्य पनि हो । बचत र खर्चको अनुशासन कम उमेरमै सिकाउँदा यो जीवनभर लागू हुन सक्छ । त्यसैले कम उमेरमा केटाकेटीलाई आर्थिक गतिविधिबारे सही जानकारी दिँदा पारिवारिक संस्कृति र वित्तीय अनुशासन कायम राख्न सफल बन्न सकिन्छ ।
जीवनमा हामीले सम्पत्ति कसरी सुरक्षित राख्छौँ, कसरी खर्च गर्छौं, अप्ठ्यारो परिस्थितिमा सम्पत्तिको उपयोगिता कसरी गर्छौं आदि सबै हाम्रो इच्छा, लालच, अनुशासन र स्वयंमा नियन्त्रणबारे थुप्रै संकेत देखिन्छ । धनसम्बन्धी सानैदेखिको अनुभव, अभिभावकको व्यवहार र वातावरणले नै परिवारमा वित्तीय अनुशासन कायम हुन्छ ।
त्यसैले आफ्ना छोराछोरीलाई धनको उपयोगिता राम्रो बनाउन हामीले कस्तो व्यहार गर्नुपर्छ त ? यी आठ टिप्स् अपनाउनुहोस् –
१. अभिभावक स्वयं इमान्दार हुन आवश्यक हुन्छ । यदि अभिभावकको नै लापरबाही ढंगले खर्च बानी छ भने छोराछोरीको बानी पनि भविष्यमा त्यस्तै हुन सक्छ । किनकि छोराछोरीले नै अभिभावकबाट आर्थिक उपयोगिताको पाठ सिक्ने हो । त्यसैले अभिभावकले अनावश्यक खर्चमाथि निर्णय राख्नुपर्छ र आफ्ना छोराछोरीलाई यसबारे जानकारी गराउनुपर्छ । अनिमात्र सानै उमेरदेखि केटाकेटीहरु धनको उपयोगिताबारे सिक्दै जान्छन् ।
२. सानैदेखि केटाकेटीमा आर्थिक अनुशासन कायम गर्ने नाममा अनावश्यक दबाब दिइरहनु पनि राम्रो होइन । जब केटाकेटी ठूला हुँदै जान्छन् तब बारम्बार हामीले दिने दबाबले झर्को मान्न थाल्छन् र विरोध पनि गर्न सक्छन्। यस्तो अवस्थामा आफ्नो आर्थिक स्थितिलाई ध्यानमा राखेर उनीहरुलाई सम्झाउने कोसिस गर्नुपर्छ र उनीहरुले चाहेको बाटोमा हिँड्न पनि दिनुपर्छ। अन्यथा अनावश्यक दबाबले केटाकेटी झनै बिग्रन सक्छन् ।
३. आर्थिक अनुशासनमा हिँडाउने क्रममा केटाकेटीलाई अभिभावकले सबै कुरा भन्न पनि आवश्यक हुँदैन । जस्तै अभिभावकले कति कमाउँछन्, सम्पत्ति कति छ र अंशमा कति पाउँछन् । केटाकेटीलाई आर्थिक अनुशासन सिकाउन यी कुराले खासै प्रभाव पार्दैन । यदि यी कुरा केटाकेटीलाई जानकारी दिइयो भने उनीहरुले झन लापरबाह हुन सक्छन् । यस्तो केही कुरा नभन्दा पनि फाइदाजनक हुन्छ ।
४. कठिन अवस्थामा आर्थिक समस्यासँग जुझ्न केटाकेटीलाई पनि सामेल गराउनुहोस् । उनीहरुलाई जानकारी गराउनुहोस् कि यो अवस्थामा कसरी अगाडि बढ्ने । तर कठिन अवस्थामा केटाकेटीलाई मानसिक तनाव सिर्जना हुने कुराहरु भने नगर्नुहोस् बरु परिस्थितिसँग लड्नका लागि हौसला प्रदान गर्नुहोस् । किनकि जीवनमा सुखसँगै दुःखका घडी पनि आउँछन् । यस्ता परिस्थितिबाट केटाकेटीले पाठ सिक्छन् ।
५. परिवारमा आर्थिक अनुशासन कायम राख्न अभिभावक स्वयं पनि नैतिकवान बन्न आवश्यक छ । यदि अभिभावक नै जालसाझी र गलत आर्थिक गतिविधि गरिरहेका छन् भने यसको नकारात्मक असर केटाकेटीमा पर्छ । भविष्यमा उनीहरु पनि अभिभावकले देखाएको गलत बाटोमै हिँड्न सक्छन् । त्यसैले सम्पत्ति जोड्ने नाममा गलत काम गर्नुभन्दा पनि सही काम गरेर आफ्ना केटाकेटीलाई त्यही बाटोमा डोर्याउनु उत्तम हुन्छ ।
६. बितेका समयबारे केटाकेटीसँग धेरै कुरा नगर्नुहोस् । सायद उनीहरु नमान्न सक्छन् । त्यसैले केटाकेटीलाई वर्तमान अवस्थाबारे जानकारी दिनु र कसरी अगाडि बढ्न भन्नेबारे सिकाउनु नै राम्रो हुन्छ । यसले केटाकेटीलाई वित्तीय अनुशासन कायम राख्न मद्दत पुग्छ ।
७. केटाकेटीमा धनको भूमिका उनीहरुको सुरक्षासँग जोडिएको हुन्छ । धन केवल सामान किन्ने मूल कार्यमा मात्र सीमित नराख्नुहोस् । धनलाई कसरी सदुपयोग गर्ने, कसरी बचत गर्ने र कसरी बढावा दिनुपर्छ भन्ने ज्ञान पनि केटाकेटीलाई दिनुहोस् । किनकि सानैदेखि केटाकेटीमा बचत गर्ने बानी विकास भएमा उनीहरुको भविष्य उज्ज्वल हुन्छ ।
८. केटाकेटीलाई धनसँग सम्बन्धित निर्णय गर्ने क्षमता विकास गर्न सहयोग गर्नुहोस् । अनावश्यक खर्च गर्दा हुने आर्थिक भारबाट बच्न उनीहरुलाई सिकाउनुहोस् । जस्तै आफ्नो आर्थिक हैसियतभन्दा ठूलो धनराशि खर्च गरेर केटाकेटीको जन्म दिन पार्टी गर्दा त्यसको असर महिनौँसम्म पर्न सक्छ । त्यसैले केटाकेटीलाई यस्तो अवसर मनाउन कसरी पहिलेदेखि नै पैसा बचत गर्ने भन्ने बानी विकास गर्न सिकाउनु नै उत्तम हुन्छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago