काठमाण्डौ । सामाजिक सञ्जालहरुमा सेल्फी पोस्ट गर्नेहरु प्रायः असफल र नकारात्मक सोच राख्नेहरु हुने गरेको एक अनुसन्धानले देखाएको छ ।

अमेरिकाको वासिङ्टन स्टेट युनिभर्सिटीले हालै गरेको अनुसन्धानले सेल्फी फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नेहरु असफल हुनुका साथै नकारात्मक सोच राख्ने व्यक्तिहरु नै बढी हुने गरेको र यी व्यक्तिहरु निकै असुरक्षित हुने गरेको दाबी गरेको छ । अनुसन्धानले अरुले खिचिदिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नेहरु भने अधिक आत्मविश्वासी र सफल व्यक्ति हुने गरेको जनाएको छ ।

अनुसन्धान सामाजिक सञ्जालमा लगातार सेल्फी पोस्ट गर्नुको मतलब त्यस्ता व्यक्ति नयाँ चिज र नयाँ अनुभव महसुस गर्न तयार हुँदैनन् । मुख्य अनुसन्धानकर्ता साइकोलोजिस्ट प्रोफेसर क्रिस बेरीका अनुसार अनुसन्धानका क्रममा सहभागी गराइएकामध्ये अरुले खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नेभन्दा सेल्फी पोस्ट गर्नेहरु धेरै असुरक्षित, असफल र नकारात्मक देखिएका हुन्।

यो अनुसन्धानमा कलेजका विद्यार्थीहरु सहभागी गराइएको थियो । उनीहरुलाई दुई समूहमा विभाजन गरिएको थियो । पहिलो ग्रुपमा अन्डरग्रेजुएट विद्यार्थी थिए । उनीहरुलाई एउटा प्रश्नावली भर्न दिइएको थियो र उनीहरुका ३० वटा इन्स्टाग्राम पोस्टको विश्लेषण पनि गरिएको थियो ।

दोस्रो समूहमा युनिभर्सिटीका स्टुडेन्ट सहभागी थिए । उनीहरुलाई पहिलो समूहका विद्यार्थीहरुको इन्स्टाग्राममा पोस्ट गरिएको फोटोमा आत्मविश्वास, सफलता र बहुर्मुखी स्वभावका आधारमा रेटिङ गर्न भनिएको थियो ।

अध्ययनबाट यो पत्ता लाग्यो जो अरुले खिचेको फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्न उनीहरु ज्यादा आत्मविश्वास, खुला मिजासका, सफल र भरोसालायक देखिए । त्यहीँ सेल्फी पोस्ट गर्नेहरु भने घमण्डी, नकारात्मक सोच राख्ने र असुरक्षित देखिए ।

प्रोफेसर बेरी यो अनुसन्धानले सबैचलाई चकित पारेको बताउँछन् । अनुसन्धानपछि यो कुरा बाहिर आयो कि आफ्नो सोसल मिडिया प्रोफाइलबाट आफूलाई निकै खुसी लाग्छ तर यसमा अरुको टिप्पणी निकै फरक हुन्छ ।

प्रोफेसर बेरीको निचोड छ– यो अनुसन्धानबारे पढेपछि सेल्फीप्रिय मानिस आफ्नो सामाजिक सञ्जालमा सेल्फी पोस्ट गर्न बन्द गर्छन् कि गर्दैनन् तर सेल्फी पोस्ट गर्नुभन्दा पहिले एकपटक अवश्य सोच्नुहोला । – एजेन्सी