काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार २१.३० अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन भने सेयर बजार २१.४६ अंकले घटेको थियो। यो दिन २१.३० अंकले घटेको बजार १ हजार ८४७.५४ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.३३ अंकले बढेर ३५५.७३ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये २८३ कम्पनीका ३५ लाख ५५ हजार ६७० कित्ता सेयर ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ। 

 बजार १ हजार ८०० विन्दुमुनि जान्छ कि भन्ने दबाब लगानीकर्तामा देखिएता पनि नेप्सेले सोमबार ट्रेन्ड परिवर्तन गरेको देखिएको छ ।नेप्सेले अवका दिनमा निरन्तरता पाउँछ कि पाउँदैन त्यो भने हेर्न बाँकी नै रहेको कतिपय लगानीकर्ता बताउँछन् । 

बजार जानकार अजय सिंह थापा(जयसम्भु) भन्छन्, ‘मार्केट आज १८०० बाट फर्केको छ । तिहारअघिको कारोबार भएकाले पनि मार्केट डिमाण्ड जोनबाट फर्केको छ । यो रिभर्सल संकेत हो । आधारभुत पक्षबाट पनि होटल सेक्टरले फेरि लिड गर्छ । प्राविधिक रुपमा ‘आरएसआईमा बुलिश डाइभरजेन्स’ देखिएको छ । आधारभुत रुपमा पनि यहि नै न्यून विन्दु हो भन्न सकिन्छ । मंसिरमा थप ब्याजदर घट्ने संकेत छ । प्राविधिक रुपमा पनि यहि नै न्यून विन्दु हो भन्न सकिन्छ ।’ 

उनका अनुसार आजको क्याण्डल पनि बुलिस बनेको छ । मंसिर र पुष महिना भनेको मार्केट बढ्ने सिजन नै हो । त्यसकारण ट्रेडर्स र इन्भेष्टर्सको लागि बजार इन्ट्रि गर्ने समय देखिन्छ । र आज भोलुम नबढ्नुको प्रमुख कारण चाडपर्वको सिजनले पनि हो । उनले बजार बढ्दाको पहिलो दिन भोलुम खासै नबढ्ने पनि बताए ।

अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्, ‘बजार आज १८ सयको मनोवैज्ञानिक विन्दुबाट फर्केको छ । तर यसलाई बजार फर्किहालेको भन्न मिल्दैन । किनकी मंसिरको बजारको ब्याजदरले नै बजार निर्धारण गर्नेछ । बजारमा अहिले तत्कालै उतारचढाव हुने देखिँदैन । किनकि नीतिमा खासै परिवर्तन भएको छैन । यसकारण बजारमा सोचविचार गरेर नै लगानी गर्नु उचित हुन्छ ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ आटै उपसमूहमा हरियाली छाएको छ ।  यो दिन सवैभन्दा बढी होटल एन्ड टुरिज्म समूह ३.७३ अंकले बढेको छ  । यो दिन व्यापार समूह सबैभन्दा बढी २.७४ प्रतिशटले बढेको छ । यसैगरी,निजीवन बीमा समूह २.३६ प्रतिशतले बढेको छ ।यसैगरी लगानी समूह र उत्पादन तथा प्रोसेसिङ समूह समान १.३८ प्रतिशतले बढेको  छ। 
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन सोल्टी होटलका सेयरधनीको सर्वाधिक ६४ करोड बढीको सेयर कारोबार भएको छ । यसैगरी दोस्रोमा सोनापुर मिनरल्स एन्ड आयलको ५६ करोडभन्दा बढीको कारोबार भएको छ । यसैगरी हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले उकालो लागेको छ । यो कम्पनीका सेयरधनीले सवैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरभाउ यस दिन ३३.२० रुपैयाँ बढेर ३६५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरभाउ ९.९३ प्रतिशतले उकालो लागेको छ ।

त्यस्तै,आशा लघुवित्त वित्तीय संस्थाको सेयर भाउ भने ६.१६ प्रतिशतले उकालो लागेको छ ।

यो दिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरभाउ ४.२८ प्रतिशतले ओरालो लागेको छ । यसैगरी वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरभाउ ३.९९ प्रतिशतले ओरालो लागेको छ ।