काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ करिब ३० प्रतिशतको प्रगति हासिल गरेको छ । 

यो कम्पनीको खूद नाफा अघिल्लो वर्षको यही अवधिमा ४१ लाख ५६ हजार रहेकोमा बढेर ५३ लाख ९७ हजारको उचाईमा पुगेको हो । 

यो लघुवित्त कम्पनीको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष २ करोड ७४ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष २ करोड ९७ लाखको उचाईमा पुुगेको हो । 

कम्पनीका अन्य सूचकहरु पनि बलिया भएका छन् । समीक्षा अवधिमा २३ करोड २३ लाख निक्षेप संकलन तथा ३८ करोड ४६ लाख सापटी लिई ६८ करोड ८७ लाख कर्जा परिचालन गरेको छ ।

अघिल्लो वर्ष यही अवधिमा १७ करोड ८५ लाख निक्षेप संकलन तथा २७ करोड ११ लाख सापटी लिई ४६ करोड ४८ लाख बराबरको कर्जा प्रवाह गरेको थियो । 

यो यो लघुवित्त संस्थाको रिजर्ब कोषमा पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष १ करोड ४४ लाख रुपैयाँ रहेको कोषको आकार बढी २ करोड ४० लाखको उचाईमा पुगेको छ । 

कम्पनीको संचालन नाफा पनि ३० प्रतिशतकै हाराहारीमा बढेको छ । 

२.०२ प्रतिशतमा सीमित निस्क्रिय कर्जा घटेर १.४९ प्रतिशतमा सीमित बन्न पुगेको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी १७.२२ रुपैयाँबाट घटेर १५.४२ रुपैयाँ कायम भएको छ । यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.३८ रुपैयाँ कायम भएको छ।