काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको मंगलबार (फागुन ९ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १३ करोड २० लाख रुपैयाँको कुल २१.०५२६३ प्रतिशतले हुन आउने २ करोड ७७ लाख ८९ हजार ४७४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १ करोड ३२ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.०५२६३ प्रतिशतले हुन आउने १ करोड ४५ लाख ८९ हजार ४७४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।