काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार (फागुन २९ गते) बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको कुल १०.५२६ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
सोही बैठकले कम्पनीको १८ औँ वार्षिक साधारणसभा आउँदो चैत २० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित घारीपाटनको आभ्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्। सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ। सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनमा स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको चैत १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19