citizens bank internation nepal
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको छ ।
बैंकले सरल,सहज र सुरक्षित तरिकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो ।
देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरूले यस प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्ने बैंकले प्रष्ट पारेको छ।
यो सुविधाको सुरुवात संगै बैंकमा खाता खोल्न बैंक धाउनुपर्ने पारम्परिक परिस्थितिको न्युनिकरण हुने विश्वास बैंकले लिएको छ ।
यसबाट ग्राहकहरूले आफ्नो समयानुकुल बैंकको वेबसाइटबाट खाता खोल्न सक्नेछन्। यस अगावै पनि सूचना तथा संचार प्रविधिमा आएको आमूल परिवर्तनलाई आत्मसाथ गर्दै बैंकले अनलाइन आस्वा, डिम्याट, केवाइसी, मेरो सेयर, स्मार्ट बैंकिङ जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ।
नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चारलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago