काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातै प्रदेशका नेपाली नागरिकलाई लक्षित गरी नयाँ बचत योजना “मेरो सिटिजन्स बचत खाता" ल्याएको छ ।
भदौ १ गते शुक्रबार बैंकको नारायणहिटीपथमा अवस्थित मुख्य कार्यालय भवनमा आयोजित पत्रकार सम्मेलनबीच बैंकका प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारी र ब्रान्ड एम्बेस्डर ज्ञानेन्द्र मल्लले संयुक्त रूपमा “मेरो सिटिजन्स बचत खाता” योजना सार्वजनिक गरेका हुन् ।
न्यूनतम मौज्दात रु १०० मै खाता खोल्न मिल्ने “मेरो सिटिजन्स बचत खाता”मा निःशुल्क अन्तरशाखा कारोबार, निःशुल्क सिटिजन्स स्र्माट(मोबाईल) बैंकिङ सुविधा, अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्योर प्रविधिमा निःशुल्क दर्ता, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, निःशुल्क आस्वा सेवाजस्ता अनेकन आकर्षक विशेषताहरु उपलब्ध छन् ।
दैनिक मौज्दातमा ७ प्रतिशत ब्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका देशभर ७९ वटा शाखा, ७१ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग इकाई रहेका छन् । हाल यो बैंकले करिब ३ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यसैबीच, बैंकले आफ्नो नयाँ प्रोडक्ट लञ्च गर्नुअघि राष्ट्रिय क्रिकेट टिमका उप —कप्तान ज्ञानेन्द्र मल्ललाई ब्रान्ड एम्बेसडर घोषणा गरेको थियो । आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि मल्ललाई एकवर्षका लागि ब्राण्ड एम्बेस्डरमा अनुबन्ध गरिएको बैंकले जनाएको छ ।
बैंकको सीइओ भण्डारीले ज्ञानेन्द्र मल्ललाई ब्याट हस्तान्तरण गरी बैंकको ब्रान्ड एम्बेसडर भएको कुरा औपचारिक रूपमा घोषणा गरेका थिए ।
नेपालका ‘सुपरस्टार’ खेलाडीलाई बैंकसँग आबद्ध गराउन पाउँदा बैंकको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास भण्डारीले सो क्रममा व्यक्त गरे ।
ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले खेल प्रवद्र्धनका लागि देखाएको अग्रसरता प्रशंसायोग्य रहेको र नेपालको जुनसुकै खेललाई माथि उठाउन कर्पाेरेट क्षेत्रहरुको आवश्यकता रहेको औंल्याए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19