काठमाण्डौ । 'समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता” भन्ने नेपाल सरकारको अभियानमा हातेमालो गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना“सिटिजन्स सरल बचत खाता”को स्किम सार्वजनिक गरेको छ ।

बैशाख १ गतेदेखि लागू हुने गरी लञ्च यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई बैंकको तर्फबाट रु १०० खातामा राखिदिने ब्यवस्था गरिएको बैंकले जनाएको छ।

सुरुमै १०० रुपैयाँ खातामा पाउने “सिटिजन्स सरल बचत खाता” सबै नेपालीहरूका लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । 

यस खातामा दैनिक मौज्दातमा वार्षिक ५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले यस योजनाअन्तर्गत सहभागी हुने ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । जसअन्तर्गत भिजा डेबिट कार्ड, अन्तरशाखा कारोबार, आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङ सुविधा(मोबाईल बैंकिङ), अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्योर प्रविधिमा दर्ता लगायतका सेवा उपलब्ध रहेको बताइएको छ ।