काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई १ः०९१७५ सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकको आज मंगलबार सम्पन्न पाँचौँ विशेष साधारणसभाले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्राम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरु पनि अनुमोदन गरेको छ। 

जनकपुरमा केन्द्रीय कार्यालय रहेको सहयोगी विकास बैंकको गत जेठ २४ गते सम्पन्न विशेष साधारणसभाले समेत सिटिजन्स बैंकमा गाभिने प्रस्ताव स्वीकृत गरिसकेको छ। दुवै बैंकको सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंकलाई सहयोगी विकास बैंक प्राप्ति गर्न बाटो खुलेको छ। 

यसै आर्थिक वर्षभित्र सहयोगी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले जानकारी दिए। 

२०७७ जेठ २६ गतेसम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंक प्राप्ति गरेपछि निक्षेप रु. ८७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ भने ऋण लगानी रु. ७९ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ। 

हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ। 

धनुषा, महोत्तरी, सिराहा, सर्लाही र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकास बैंक लिमिटेडले १४ वटा शाखााट बैंकिंग सेवाहरू प्रदान गर्दै आएको छ। यी पाँच जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखा सञ्चालनमा छन्। प्राप्तिपश्चात बैंकको यी जिल्लामा २३ वटा शाखासँगै कुल शाखा १०८ हुनेछ।

सिटिजन्स बैंकको सभा डिजिटल प्लेटफर्म जुममार्फत बैंकको केन्द्रीय कार्यालयमा भएको हो।