काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका वडा नं ७ मैनादीमा रहेको प्रभात माध्यमिक विद्यालयलाई रू दुई लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकका कायममुकायम प्रमुखकार्यकारी अधिकृत गणेशराज पोखरेलको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवरलाई रू दुई लाखको चेक हस्तान्तरण गरिन् ।
कृषि बाली विज्ञान अध्ययन गर्ने पी जे.टी.एका विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न चाहिने सामाग्रीको खरिद गरिनुका साथै विद्यालयको भौतिक पूर्वाधार निर्माणका निम्ति उक्त रकमको प्रयोग गरिने कुरा अध्यक्ष कुँवरले जानकारी गराए।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब तीनलाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19