काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशिया फेडेरेशन अफ अकाउण्टेन्ट्स(साफा)ले साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१७ बाट पुरस्कृत गरेको छ ।
माघ ८ गते भारतको पुणेमा आयोजित एक समारोहका बीच सिटिन्जस बैंकलाई सो प्रतिष्ठित अवार्डबाट पुरस्कृत गरिएको हो ।
निजी क्षेत्रको बैंकको विधामा बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको बताइएको छ ।
सार्क क्षेत्रमा क्रियाशील रहेका व्यवसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्याङ्कन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ ।
साफाले यो पुरस्कार वार्षिक लेखाप्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धी टिप्पणी, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन, तथा अन्य डिक्स्लोजरका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो ।
विगतमा पनि साफा बेस्ट प्रिजेन्टेड एनुअल अवार्ड्स २०५ समारोहमा बैंकको वार्षिक प्रतिवेदनलाई दुई विधामा: सार्क एनिभर्सरी अवर्डा फर कर्पोरेट गभरनेन्स र प्राइभेट सेक्टर बैंकमा सर्टिफिकेट अफ मेरिट प्राप्त भएको थियो ।
यसका साथै बैंकको वार्षिक प्रतिवेदनलाई दि इन्स्टिच्यूट अफ चार्टर्ड अकाउण्टेन्ट्स अफ नेपाल(आइक्यान)बाट बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०१७ र बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०१५ बाट पनि पुरस्कृत गरिएको थियो ।
बैंकले आगामी दिनमा पनि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रकाशन गर्ने तथा संस्थागत सुशासनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दछ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब चारलाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटोछरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago