काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ६५ करोड ९६ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ५ प्रतिशतले मात्र बढी हो ।
समीक्षा अवधिमा बैंकले खूद नाफातर्फ भने २२.५५ प्रतिशतको वृद्धि गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६२ करोड ८६ लाख रहेको यस्तो नाफा बढेर यो वर्ष ७७ करोड ३ लाख पुगेको हो ।
यस्तै, ८७ करोड ५४ लाखमा सीमित संचालन मुनाफालाई १ अर्ब ८ करोडको उचाई चुमाएको छ ।
व्यवसाय बिस्तारमा बैंकले ध्यान दिएका कारण बैंकले खूद ब्याज आम्दानीतर्फ ५३.३० प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्ष ९७ करोड ४९ लाखमा सीमित यस्तो आम्दानी बढेर १ अर्ब ४९ करोडको उचाईमा पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ६५ अर्ब १२ करोड निक्षेप संकलन गरी ६० अर्ब ४७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५८ अर्ब ४६ करोड निक्षेप संकलन गरी ५२ अर्ब ३५ करोड कर्जा परिचालन गरेको थियो ।
बैंकले रिजर्बकोषमा करिब ६९ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्षसम्म १ अर्ब ९९ करोड रहेको कोषको आकार बढी यो वर्ष ३ अर्ब ३७ करोड पुगेको छ ।
बैंक व्यवस्थापन खराब कर्जाको अनुपात घटाउन समेत सफल देखिएको छ । अघिल्लो वर्ष १.९४ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात घटाएर बैंकले १.६२ प्रतिशत कायम गरेको हो ।
समीक्षा अवधिमा बैंकले प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४० पैसा कायम गरेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा १७.५४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष १५ रुपैयाँ ६६ पैसा रहेको थियो ।
यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा कायम भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago