काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले माघ २० गते बैंकको कोर बैंकिङ सफ्टवेयरलाई फिनाकल भर्जन(FinacleVersion) १०.२.१८ मा प्रतिस्थापन गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथमा आयोजितएक कार्यक्रमबीच बैंकका संचालक समितिका अध्यक्ष डा. शंकरप्रसाद शर्माले बैंकको कोर बैंकिंङ सिस्टममा लगइन गरी फिनाकल सफ्टवेयरको औपचारिक सुरुवात गरेका बैंकले जनाएको छ ।
ग्राहकहरुलाई सहज तथा सुलभ तवरले अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा प्रदान गर्न हाल प्रयोग गर्दै आएको पुमनरी आइभी प्लसबाट दक्षिण एसियाकै प्रसिद्घ इन्फोसिस कम्पनीको फिनाकल कोर बैंकिङ सफ्टवेयर भर्जन १०.२.१८ मा प्रतिस्थापन गरिएको हो ।
विश्वको करिब ४५ वटा मुलुकमा यो अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ भने नेपालका अन्य वाणिज्य बैंकहरुले पनि यो प्रविधिको प्रयोग गर्दै आएका छन् ।
फिनाकल र अत्याधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ ।
आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो रूपमा पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब चारलाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।
बैंकको सातैवटा प्रदेशमा प्रदेश हेडक्वार्टर समेत छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19