काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना “सिटिजन्स विशेष बचत खाता” ल्याएको छ । 

फागुन २२ गते  बैंकको नारायणहिटीपथमा अवस्थित मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकले “सिटिजन्स विशेष बचत खाता” योजना सार्वजनिक गरेको हो । 

यस योजनामार्फत ग्राहकहरूले आकर्षक ब्याजका साथै बीमा सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

रु १०० मै खाता खोल्न मिल्ने “सिटिजन्स विशेष बचत खाता” कर्मचारीहरूको तलब खाता(Payroll Account) लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । 

दैनिक मौज्दातमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गरिने यस योजनाबाट ग्राहकहरुले आकर्षक ब्याजदर प्राप्त गर्नुका साथै स्वास्थ्य र दुर्घटना, मृत्यु बीमाको लाभ समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति रू एकलाखसम्मको स्वास्थ्यबीमा(अस्पताल भर्ना खर्च) र रू सात लाखसम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ ।

औसत मौज्दात रकमको चार गुणासम्मको हुनआउने रकमको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने कुरा बैंकले जानकारी दिएको छ ।

उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले यस योजनाअन्तर्गत सहभागी  ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । 

यो बचत खातामा निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङ सुविधा(मोबाईल), अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्युर प्रविधिमा निःशुल्क दर्ता, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट/स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट लगायत अन्य सेवाहरूमा ५० प्रतिशतसम्म छुट जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध रहेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।