काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भीमढुंगा, रामकोटमा रहेको त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई रू पचास हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।  

बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथमा आयोजित एक कार्यक्रमबीच बैंकद्वारा सो संस्थालाई रू पचास हजारका चेक हस्तान्तरण गरियो । 

सन् २०१२ देखि भीमढुंगा क्षेत्रका जिज्ञासु स्थानीयलाई विज्ञान, प्रविधि, साहित्य, धर्म, इतिहास, भूगोल, स्वास्थ्य, वातावरण, यौन, कृषि, पशु स्वास्थ्य आदि जस्ता विषयका पुस्तकहरु उपलब्ध गराई ज्ञानआर्जन गर्ने माहौल बनाउन त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र तत्पर रहेको छ ।

सो सहयोग रकम उपयुक्त कक्षहरुको निर्माण, व्यवस्थापन तथा संचालनका लागि प्रयोग गरिने कुरा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले जानकारी गराए ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।