काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले बारा पर्साका हावाहुरी पीडितका लागि स्थापना गरेको कोषमा जम्मा भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । 

बैंकले बारा र पर्सामा विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले “सिटिजन्स बारा पार्सा हुरीपीडित राहतकोष २०७५” को स्थापना गरेको थियो । 

सो राहतकोषमा बैंकको तर्फबाट रू दस लाख र अन्य सहयोगी दाताहरूबाट जम्मा भएको कुल रकम रु १०,३७,०९७।०७ (अक्षरेपी दशलाख सैतिस हजार सन्तानब्बे रुपैया सात पैसा मात्र) बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो । 

यो बैंकले आर्थिक वर्ष २०७५।७६ को तेस्रो त्रैमाससम्ममा रु.६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी रु. ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरी सोही अवधि भित्र रु.१ अर्ब ४९ करोड १४ लाख संचालन मुनाफा  र रु.१ अर्ब ६ करोड खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोही अवधिको तुलनामा क्रमश: ४.०२  प्रतिशत र ५ं.९१ प्रतिशतले बढी हो ।