काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल सि.वि.आई.एल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत समिरप्रसाद दाहाललाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। 

बैंकले २० गतेदेखि लागू हुने गरी दाहाललाई सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । 

करिब १६ वर्षअघिबाट बैंकिङ्ग करिअर थालेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन् । 

छ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा सिटिजन्स बैंकसंग आबद्ध दाहाल यसअघि बैंकको भगिनी संस्था सि.वि.आई.एल क्यापिटलको प्रमुखकार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । 

उनले वित्त तथा योजना तर्जुमा विभाग, आई. टी, संचालन विभाग, कर्जा प्रशासन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपूर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको बताइएको छ।

उनले हाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन् ।