काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।
यो सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावीभुक्तानीलगायत सम्पूर्ण बीमा सेवाहरु लिनसक्नेछन् ।
यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटोछरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago