काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो  इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नति गरेको छ । 

बैंकले हाल कायम इन्टरनेट बैकिङ्ग सेवालाई विस्थापित गरी नयाँ 'एक्सप्रेस बैंकिङ' नामक इन्टरनेट बैकिङ्ग  सेवा शुभारम्भ गरेको हो । 

यस नयाँ इन्टरनेट बैकिङ्ग मार्फत स्टेटमेण्ट हेर्न, बैंकभित्र तथा अन्य बैंकमा रहेको खातामा रकम ट्रान्सफर गर्न, विजुली, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको बिल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिने बैंकले जनाएको छ । 

यो सेवा अत्यन्त सहज रहेको हुँदा ग्राहक वर्गहरुले घरमै बसी बसी विभिन्न सुविधाहरु उपभोग गर्नसक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अत्यधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ । आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो  रूपमा पुर्याइने बैंकको भनाई छ ।