काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको संचालक समितिका नवनिर्वाचित अध्यक्ष राजनसिंह भण्डारीले पद तथा गोपनीयताको सपथ खाएका छन् । 

आइतबार नेपाल राष्ट्रबैंकमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष भण्डारीलाई गभर्नर डा. चिरञ्जिवी नेपालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका बैंकले जनाएको छ । 

करिब ८ महिनाअघि बैंकबाट प्रमुख कार्यकारी अधिकृतको पदावधि सकिएर विदा भएका भण्डारी असोज १० गते सम्पन्न वार्षिक साधारणसभाबाट संचालक हुँदै अध्यक्षमा चुनिएका थिए । उनी बैंकको स्थापनाकालदेखि २०७५ पुससम्म सीइओको रुपमा कार्यरत थिए । 

भण्डारीको सपथसँगै संचालक समितिको अध्यक्षको रुपमा उनी ४ वर्षका लागि रहनेछन् ।