काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कात्तिक १ गते बसेको संचालक समितिको ३१६औं बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कात्तिक १ गतेदेखि नै लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

करिब २० वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत राजेन्द्रलाल श्रेष्ठले स्थापनाकालदेखि नै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही काम गर्दै आएका बैंकले जनाएको छ ।

शाखा संचालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा उनको दक्षता रहेको बैंकले विज्ञप्तिमा दाबी गरेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।