काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । 

यो सेवाको सुरुवातसँगै मास्टरकार्ड, Maestro तथा Cirrus ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटीएममा चल्नेछन् । 

नेपाल भ्रमण बर्ष २०२० को सुरुवातसँगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र नेपालमा मास्टरकार्ड ब्राण्डका कार्डबाहक ग्राहकहरु लाभान्भित हुने विश्वास बैंकले लिएको छ । बैंकले यसअघि नै भिजा तथा युनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ ।

हाल यो बैंकले देशभर फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटै एटीएम तथा १०२ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिब ४ लाखलाई बैंकिङ सेवा दिंदै आएको छ ।