काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरामा सीसीटीभी जडान गर्न उपभोक्ता समितिलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित एक कार्यक्रमबीच बैंकले आर्थिक सहयोग हस्तान्तरण गरेको हो। बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र आर्थिक कारोबार हुने व्यवसायीहरुको सुरक्षार्थ पोखरा महानगरपालिकाको पालिकाचोकदेखि राष्ट्र बैंक चोकसम्म समितिले सीसीटीभी जडान गर्ने योजना अगाडि सारेको छ।
सीसीटीभी जडानपछि आपराधिक क्रियाकलापको अनुसन्धान गर्न र शान्तिसुरक्षा कायम गर्न नेपाल प्रहरीलाई सहज हुने बैंकको विश्वास छ।
निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा जानकारी गराएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19