काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पाको जुफालमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ।

पूजापाठ गरी बैंकले बिहीबारबाट जुफाल शाखा सञ्चालनमा ल्याएको हो। शाखाको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको उपस्थिति थियो।

नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा सञ्जालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ। दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा सहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्ने उद्देश्यका साथ जुफाल शाखा विस्तार गरेको बैंकले जानकारी दिएको छ।

यी शाखाहरुमार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

बैंकले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ।