काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेसाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाता को शुभारम्भ गरेको छ।

रु. ५ हजारमा खाता खोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५०% को उच्च ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यो योजनामा संलग्न हुने ग्राहकका लागि रु. ५० हजारको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र रु. ५ लाखसम्मको दुर्घटना मृत्यु बीमा गरिएको र सोबराबरको दाबीभुक्तानी गर्ने सुविधा खाताबाहकलाई उपलब्ध हुनेछ। 

यसैगरी शून्यमै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६.५०% ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीको तलब व्यवस्थापनका लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ। यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीका लागि रु. २५ हजारको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र रु. ३ लाखसम्मको दुर्घटना मृत्यु बीमा गरिएको र सोबराबरको दाबी भुक्तानी गर्ने सुविधा खाताबाहकलाई उपलब्ध गराइनेछ। 

उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले यी दुवै योजनाअन्तर्गत सहभागी भएका ग्राहकका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ। यी दुवै योजनामा निःशुल्क भिजा डेबिट कार्ड, निःशुल्क अन्तर शाखा कारोबार (एबीबीएस), निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्मार्ट बैंकिङ सुविधा (मोबाइल), अनलाइन काराबवार गर्न सुरक्षित थ्री डी सेक्योर प्रविधिमा निःशुल्क दर्ता, लकरको वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५०% छुट, नेपालभरिका जुनसुकै एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध छन्। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९१ वटा ए.टि.एम. र १०३ वटा शाख रहित बैंकिङ इकाइहरुबाट पाँच लाखभन्दा बढी खग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको छ। 

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवासुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनासमेत सञ्चालनमा ल्याएको छ। अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेसिनमार्फत सामान वा सुविधा खरिद गर्दा २०% सम्म क्यास ब्याक (नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ।