काठमाण्डौ । सहयोगी विकास बैंकलाई प्राप्तिको प्रक्रिया टुंगोमा पुर्याउन सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले डाँकेको पाँचौ विशेष साधारणसभा स्थगित भएको छ।
चैत १० गते सोमबारका लागि आह्वान गरिएको विशेष साधारणसभा कोरोना भाइरसको त्रासका कारण अनिश्चितकालका लागि स्थगित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी दिए ।
योसँगै सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्तिको प्रक्रिया अनिश्चित बन्न पुगेको छ ।
बैंकले विशेष साधारणसभा चैत १० गते सोमबार काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा गर्ने टुंगो लगाएको थियो।
सभामा सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत गरिने प्रतिवेदन छलफल गरी पारित गर्ने अजेण्डा थियो ।
सभामा दायित्व मूल्यांकन प्रतिवेदन ९डीडीए रिपोर्ट०का आधारमा तय गरिएको सहयोगी विकास बैंकको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९१.७५ (१ः०.९१७५) कित्ता सेयर दिने गरी सेयर स्वाप सेयर कायम गर्ने र सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गर्ने कार्यक्रम थियो ।
सिटिजन्सले सहयोगीलाई प्राप्ति गर्न गत असार २२ मा दुवै पक्षबीच गरिएको सहमतिलाई नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको हुँदा उक्त वित्तीय संस्थालाई प्राप्ति गर्न गरिएको अन्तिम सम्झौतालगायत संयुक्त मर्जर तथा एक्विजिसन समितिबाट भए गरेका कामकारबाहीहरु सभाबाट अनुमोदन गर्ने भनिएको थियो ।
सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको जारी तथा चुक्तापुँजी साबिकको ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार ७१६ बाट वृद्धि भई ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २९० रुपैयाँ हुनेछ ।
विशेष साधारणसभाका लागि बैंकले चैत ३ गते एक दिनका लागि बुक क्लोज समेत गरेको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19