काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटकोे पाचौँ संस्करण बिहीबार होटेल सोल्टी क्राउन प्लाजमा सम्पन्न गरेको छ।
हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरि रहेका ४८ हजार अभिकर्तामध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८–७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७६ जना सिटिजन लिडर, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखालाई सम्मान गरिएको छ। कार्यक्रममा ३६० सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो।
कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमको सुरुआत कम्पनीका अध्यक्ष पाण्डेद्वारा कम्पनीको प्रतीक ‘झन्डा’को विमोचन गरी भएको थियो। कार्यक्रममा मुख्य अतिथिका रुपमा डा. भागवान कोइरालाको उपस्थिति थियो। आफ्नो जीवनका भोगाइहरु व्यक्त गर्दै र सकारात्मक सोचका बारेमा केही कुराहरु राख्दै उनले आफूले मनदेखि चाहेको खण्डमा केही कुरा पनि असम्भव छैन भन्ने कुरामा जोड दिए। उनले अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरुलाई प्रेरित गरे।
सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो। सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यस पेसालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताउँदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए। उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरे।
कम्पनीका अध्यक्ष पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पुर्याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गरे। उनले कम्पनीबाट सञ्चालित विभिन्न अभियान ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्र्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यावसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरुसहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए।
समापनका अवसरमा कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कम्पनीले आजको मितिसम्म हसिल गरेको सफलतामा गर्व रहेको भावना व्यक्त गरे। यस संस्थाले सधैँ आफूहरुलाई धेरै माया गरेको र देशको भरपर्दाे लाइफ इन्स्योरेन्स कम्पनीसँग आबद्ध रहन पाउँदा खुसी व्यक्त गर्दै उनीहरुले सम्पूर्ण अभिकर्ताहरुलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वोरोजगार भएर जीवन निर्वाह गरेकोमा बधाइका साथै शुभकामना व्यक्त गरे।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19