काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आउने आउँदो कात्तिक २ गते आफ्नो स्थापनाकालको पाँचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैछ।
कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्थानीयस्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाइलगायतका कार्यक्रम एवं विद्यार्थीलाई पोसाक, पुस्तक, स्टेसनरीलगायतका शैक्षिक सामग्री वितरण गरी मनाउँदै आएको छ। यस वर्ष पनि आज असोज ३१ गतेदेखि कात्तिक ६ गतेसम्म सप्ताहव्यापी कार्यक्रममार्फत सोही प्रकारका गतिविधिहरुलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ।
यतिमात्र नभएर जनसमुदायमा जीवन बीमाप्रतिको चेतना वृद्धि गर्न निकै अवाश्यक रहेकोले कम्पनीले वार्सिकोत्सवका अवसरमा विद्यार्थीसँग बीमा कार्यक्रम, सडक र्याली, फेसबुक लाइभमार्फत इन्स्योरेन्स हाजिरीजबाफ प्रतियोगितालगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको जनाएको छ। यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेंगु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिकतामा राखिने पनि कम्पनीले जनाएको छ।
त्यसैगरी विभिन्न नगरपालिका तथा संघसंस्थासँगको सहकार्यमा वृक्षरोपण, सरसफाइ, निःशुल्क स्वास्थ्य शिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रमलगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ।
कम्पनीका नियमित गरिने कामबाहेक कम्पनीको विशेष दिन सम्पूर्ण कर्मचारी, अभिकर्ताका साथमा आफ्नो घर–छिमेक, समाजप्रतिको उत्तरदायित्व बोध गरी केही योगदान गर्न पाउँदा विषेश सन्तुष्टी प्राप्त हुने साथै सधैँको भन्दा भिन्न वातावरणले आपसी सहकाय र स्फूर्ति पनि बढाउने कम्पनीको विश्वास छ। कम्पनीको प्रगति सँगसँगै कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने र समाजप्रतिको जिम्मेवारी पूरा गर्न सधैँ तयार रहने प्रतिबद्धता कम्पनीले जाहेर गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19