काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा घटेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष ०.६९ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा यो वर्ष बैंकले ५२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा बैंकले ५२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १८ करोड ९८ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ७४ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा ७४ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।

यसैगरी बैंकले प्रथम त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ४३ करोड रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

बैंकले समीक्षा अवधिमा १ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा १.२२ प्रतिशत घटेको छ । गत वर्ष रिजर्भको आकार ४ अर्ब २१ करोड रुपैयाँ रहेकोमा यो वर्ष घटेर ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।