काठमाण्डौ । बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिको सीमित सेवा प्रयोग बापत बिओकेको मोबाईल बैंकिङ र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ  ग्रुपका ब्यापार विभागका निर्देशक प्रभाकर खडकाले माघ २० गते हस्ताक्षर गरे । 

यो सम्झौता पश्चात सिद्धार्थ विजनेश  ग्रुप अफ हस्पिटालिटी प्रा. लि.को ६ होटल, ३ रिसोर्ट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट उपलब्ध हुनेछ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रवाह गरिरहेको छ ।