काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ कर्जा, व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो। कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए।
देशभरि सबै क्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि बैंकले यस किसिमका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने जननाएको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन काउन्टरसहित), १०१ शाखारहित बैंकिङ सेवा, २०३ एटीएम र १ हजार ६०० भन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19