काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आज साउन ८ गतेदेखि लागू हुने कर्जा तथा निक्षेपको ब्याजदर घटाएको छ।

चालु आर्थिक वर्षको साउनदेखि राष्ट्र बैंकले कर्जा तथा निक्षेपको ब्याजदर आफूखुसी निर्धारण गर्न छुट दिएसँगै वाणिज्य बैंकहरुले धामधम कर्जा तथा निक्षेपको ब्याजदर घटाइरहेका छन्। सोही सिलसिलामा सिभिल बैंकले कर्जा तथा निक्षेपको ब्याजदर घटाएको हो।

ब्याजदर घटाएसँगै अब सिद्धार्थ बैंकले कृषि तथा साना व्यवसायीलाई २ प्रतिशतमै कर्जा उपलब्ध गराउने भएको छ। यो २ प्रतिशतमा बैंकले निर्धारण गरेको आधारदर ९.०३ प्रतिशत जोडिनेछ। अर्थात बैंक अब यो शीर्षकमा ११.०३ प्रतिशतमै कर्जा प्रवाह गर्नेछ। 

बैंक कृषि तथा साना व्यवसायीलाई राष्ट्र बैंकको निर्देशनबमोजिम १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्नेछ। 

यसैगरी बैंकले शैक्षिक कर्जा ११.७५ प्रतिशतमै उपलब्ध गराउने भएको छ। यो ब्याजदर ५ वर्षसम्मका लागि समान हुनेछ।

बैंकले इम्पोर्ट लोन ४ प्रतिशत, ओभरड्राफ्ट तथा क्यास क्रेडिट, वर्किङ क्यापिटल लोन (उद्योग तथा व्यापार), टर्म लोनतफ उद्योग तथा व्यापार, ब्रिज ग्याप लोन, होम लोन, अटो तथा हायर पर्चेज लोन, सिद्धार्थ पर्सनल ईएमआई लोन, शैक्षिक कर्जा, धितो कर्जातर्फ ओभरड्राफ्ट, टर्म लोन तथा सर्ट टर्म लोन ५ प्रतिशतमा आधार दर जोडेर ब्याजदर निर्धारण गरेको छ। 

यसैगरी बैंकले पिछडिएको समुदायतर्फ होलसेल लेन्डिङ ४ प्रतिशत र डाइरेक्ट लेन्डिङ ५ प्रतिशतमा आधार दर जोडेर व्याजदर निर्धारण गरेको छ। 

यसैगरी बैंकले बचत निक्षेपतर्फ ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ। 

मुद्दति निक्षेपमा भने ६.५ प्रतिशतदेखि ७.७५ सम्म ब्याजदर बैंकले निर्धारण गरेको छ। 

विदेशी मुद्रा निक्षेपमा बैंकले ०.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ।