काठमाण्डौ । त्रिवेणी विकास बैंकसँग मर्जरपछि बन्ने जनता बैंकसँग एक्वीजिसनको सम्झौता गरेको सिद्धार्थ डेभलपमेन्ट बैंक ६० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड पुुगेको छ । 

यो बैंकको केही हप्ताअघि सम्पन्न १७ औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ६० प्रतिशतको दरले हकप्रद दिने प्रस्ताव पारित गरेको थियो । यही प्रस्तावमाथि स्वीकृतिको माग गर्दै बैंक बोर्ड पुुगेको हो । 

सिद्धार्थ डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ८५ करोड १५ लाख कित्ता हकप्रद निश्कासन गर्नेछ । ६० प्रतिशत हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी २ अर्ब २५ करोडको उचाईमा पुुग्नेछ ।