काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन्।
कम्पनीको हिजार बुधबार बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई सीईओमा नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।
बीमा समितिले गत साउन ३२ गते केसीलाई ४ वर्षका लागि कार्यकाल थप गर्न अनुमति दिएसँगै कम्पनी सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो। गत भदौ १ गतेबाट उनको पहिलो कार्यकाल सकिएको थियो।
केसीसँग निर्जीवन बीमा क्षेत्रमा ३ दशक लामो कार्यानुभव रहेको छ।
पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरी भारतीय बीमा संस्थानबाट FIII उपाधि हासिल गरेका क्षेत्री अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तिका रुपमा परिचित रहेका छन्। उनी संस्थागत सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेे प्रशासकको रुपमा मानिन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19