काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । 

कम्पनीको संस्थापक समूहतर्फको ३ लाख कित्ता सेयर आज(माघ ३ गते) देखि बोलकबोलमार्फत बिक्रीमा राखिएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु,वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् । 

सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले माघ ११ गतेसम्म ओवदन दिनुपर्नेछ । 

लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।