काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशतको दरले बोनस सेयर वितरणको निर्णय गरेको छ । 

संचालक समितिमा पुस २० गते बसेको २८५ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई हालको चुक्तापुँजीको १४ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । 

हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । कम्पनीले ९५ करोड ५६ लाख बढीको बोनस सेयर वितरण गर्नेछ । संचालकको यो निर्णय आगामी वार्षिक साधारणसभाबाट पास हुनुपर्नेछ भने नियामक नेपाल राष्टबैंकले समेत स्वीकृति दिनुपर्नेछ । 

यसरी प्रस्तावित १४ प्रतिशत बोनस शेयर र यस अघिनै स्वीकृतभई जारी गर्ने क्रममा रहेको  १० प्रतिशत  हकप्रद शेयर समेतबाट बैंकको चुक्तापुँजी ८ अर्ब ४६ करोड पुग्ने बताइएको छ ।