काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई १३ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्नसक्ने देखिएको छ।
यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८९ करोड ५३ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो । यो मुनाफा चौथो त्रैमाससम्म पनि निरन्तर रहे र थप रकम नियामकी व्यवस्थाका लागि छुट्याउन परेन भने १३.४३ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिएको हो ।
बैंकको चुक्तापूँजी ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।
बैंकले गत वर्षको यही अवधिको तुलनामा नाफामा १५.३८ प्रतिशतको प्रगति गर्दै १ अर्ब ५९ करोडको उचाई चुमाएको छ ।
अघिल्लो वर्ष १ अर्ब ९७ करोडमा सीमित संचालन मुनाफा बढेर २ अर्ब २६ करोडको उचाईमा पुगेको छ भने २ अर्ब ३६ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ३ अर्ब ४० करोड माथि पुगेको छ ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ५ अर्ब निक्षेप संकलन गरी १ खर्ब १ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ११.६९ प्रतिशतले बढाएको बैंकले कर्जा भने २१.८० प्रतिशत बढीले बिस्तार गरेको छ । निक्षेप र कर्जाबीचको बिस्तार अवस्था असन्तुलित देखिएको छ, जुन राम्रो पक्ष होइन ।
बैंकले अघिल्लो वर्ष ५ अर्ब २८ करोडमा सीमित रिजर्बकोषको आकार बढाई ५ अर्ब ५७ करोडको उचाई चुमाएको छ ।
बैंकमा खराब कर्जाको अनुपात भने बढेको छ । अघिल्लो वर्ष १.३१ प्रतिशत रहेको यस्तो अनुपात बढेर १.३६ प्रतिशत पुगेको हो ।
चैत मसान्तसम्म यो बैंकले ७८.९१ प्रतिशतको निकै टाइट सीसीडी अनुपातमा रहेको देखिएको छ ।
अघिल्लो वर्षको तुलनामा कस्ट अफ फण्ड घटाउन बैंक असफल देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा ७.४९ प्रतिशत रहेको स्रोतको लागत खर्च बढेर यो वर्ष ७.५४ प्रतिशत पुगेको हो ।
गत वर्षको भन्दा आधार दर ८.२३ प्रतिशतले घटेर १०.३७ प्रतिशत कायम भएको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानीमा ९.८८ प्रतिशतको वृद्धि भई २३.९० रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६२.७५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.१३ गुणा कायम भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19