काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको दुुईवटै म्युुचुुअल फण्डको खूद सम्पत्ति मूल्य घटेको छ । 

मंसिरको तुलनामा पुसको खूद सम्पत्ति मूल्यमा गिरावट आएको हो । 

पाँच वर्षे बन्दमुखी म्युुचुुअल फण्ड सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीमको खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालूू) १४.४७ रुपैयाँबाट घटी १४.३३ रुपैयाँमा झरेको हो । 

एक अर्बबाट सुुरु भएको यो स्किमले पुस मसान्तसम्ममा ७५ करोड ९९ लाख रुपैयाँ सूचिकृत सेयरमा, ११ करोड ५४ लाख रुपैयाँ सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा लगानी गरेको छ । यो स्किमले ९२ वटा सूचिकृत कम्पनीमा लगानी गरेको छ ।

मंसिर मसान्तसम्ममा यो स्किम २३ करोड ६७ लाख खूद घाटामा रहेकोमा यो बढेर पुस मसान्तसम्म २५ करोड ६ लाख रुपैयाँ पुुगेको छ । कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीको ९९ हजार ४ सय २७ कित्ता  सेयर खरीद गरेको छ । 

यसैगरी, अर्को ५ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-१ को नेट एसेट भ्यालूू(एनएभी) समेत घटेको छ । मंसिर मसान्तसम्ममा एनएभी २५.३७ रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा २४.७७ रुपैयाँ कायम भएको हो । 

५० करोड रुपैयाँबाट सुरु भएको स्किमले पुस मसान्तसम्म ८४ कम्पनीको सेयरमा ७२ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, ११ करोड ५५ लाख रुपैयाँ सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा लगानी गरेको छ । 

मंसिरसम्ममा २४ करोड ९० लाख खूद घाटा व्यहोरेको यो स्किमले पुस मसान्तसम्ममा २७ करोड ८९ लाख घाटा व्यहोरेको छ । 

कुल लगानीमध्ये यो स्कीमले सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीको ४८ हजार ३ सय ८७ कित्ता खरीद गरेको छ ।