काठमाण्डौ । सिन्धु विकास बैंकका लगानीकर्ताले बोनस सेयर पाउने भएका छन् । 

यो बैंकको भदौ १९ गते बसेको १५७ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्नालाई १६.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

बोनस सेयर र नगद लाभांश सम्बन्धी निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभा र नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि लगानीकर्ताले पाउनेछन् । 

यो विकास बैंकले आर्थिक वर्ष २०७२/७३ मा २ करोड ७२ लाख खूद नाफा आर्जन गरेको थियो । हाल यो बैंकको चुक्तापूँजी १२ करोड ९ लाख रुपैयाँ रहेको छ । बोनस सेयरपछि बैंकको चुक्तापूँजी १५ करोड ६ लाख बढी पुग्नेछ ।