काठमाण्डौ । सिन्धु विकास बैंक र अन्य ५ वटा लघुवित्तको वार्षिक साधारणसभा पनि चैत मसान्तसम्म हुने भएको छ।
सिन्धुली विकास बैंक, कालिका लघुवित्त, स्वाभिमान लघुवित्त, इन्फिनिटी लघुवित्त, स्वरोजगार लघुवित्त र जीवन विकास लघुवित्तले सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७८–७९ को वार्षिक साधारणसभा चैत मसान्तसम्म सम्पन्न गरिने जानकारी गराएका हुन्।
यी वित्तीय संस्थाहरुमध्ये केहीको बाह्य लेखापरीक्षणको काम भइरहेको छ। केहीले बाह्य लेखापरीक्षणको काम सकेर वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक पठाएका छन्।
तिनै कारणले यी वित्तीय संस्थाहरुले पुस मसान्तसम्म वार्षिक साधारणसभा गर्न नसकेको जनाएका छन्।
सबै प्रक्रिया पूरा गरी राष्ट्र बैंकको स्वीकृतिपछि आउँदो चैत मसान्तसम्म वार्षिक साधारणसभा सम्पन्न गर्ने ती वित्तीय संस्थाहरुले जनाएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago