काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आज बैंक तथा वित्तीय संस्थाहरुसँग छलफल गर्ने भएको छ। 

सिबिफिनले बैंक तथा वित्तीय संस्थाहरुको वर्तमान अवस्थाबारे सबै सीईओहरुसँग छलफल गर्ने कार्यक्रम राखेको हो। छलफल कार्यक्रम आज दिउँसो ३ बजेका लागि राखिएको सिबिफिनका अध्यक्ष पवन गोल्यानले बताए। ‘अरुभन्दा पनि बैंक तथा वित्तीय संस्थाको हालको वस्तुस्थित के–कस्तो छ र अहिलेको अवस्थामा के गर्न सकिन्छ भनेर सीईओहरुसँग छलफल गर्न लागिएको हो’, उनले भने, ‘सीइओहरुसँग भेटेर अहिलेको वस्तुुस्थितिमा कसरी के गर्ने भनेर राय लिन छलफल डाकेका हौँ।’

यस्तै हिजोमात्रै राष्ट्र बैंकले उद्योगी–व्यवसायी तथा बैंकर्सहरुलाई बोलाएर ‘चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन’ का बारेमा छलफल गरेको थियो।