काठमाण्डौ । सिभिल बैंकमा दुुई कार्यकाल कार्यकारी अधिकृत भइसकेका किशोर महर्जन प्रोग्रेसिभ फाइनान्स लिमीटेडको संचालक समिति अध्यक्ष बनेका छन् ।

‘क’ वर्गका बैंकमा व्यवस्थापन तहको नेतृत्व गरेका महर्जन फाइनान्समार्फत बित्तीय संस्थाको संचालकको रुपमा उदाएका हुन् ।

फाइनान्सको चैत ११ गते बसेको ३८३ औं बोर्ड बैठकले संस्थापक सेयरधनीको तर्फबाट महर्जनलाई संचालक समिति सदस्य बनाएको थियो । संचालक सिद्धिगोपाल मानान्धरले राजीनामा दिएपछि उनको ठाउँमा महर्जनलाई नियुक्त गरिएको प्रोग्रेसिभ फाइनान्सले विज्ञप्तिमार्फत जनाएको छ । 

कम्पनीको चैत १३ गते बसकेको संचालक समितिको ३८४ औं बैठकले तत्कालीन अध्यक्ष मुकुन्दप्रसाद दाहालले संचालक सदस्य यथावत रहने गरी अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गरी नवनियुक्त संचालक महर्जनलाई कम्पनीको अध्यक्षको रुपमा सर्वसम्मत चयन गरेको विज्ञप्तिमार्फत जनाइएको छ । 

नेपालको बैकिंग क्षेत्रमा करिब ३३ वर्ष लामो अनुभव हासिल गरेका महर्जनले सिभिल बैंकको सीइओको रुपमा २ कार्यकाल व्यतित गरेका थिए ।