काठमाण्डौ । मर्जर प्रक्रिया र लाभांश पारितको मुख्य अजेन्डासहित सिभिल बैंक लिमिटेड आफ्नो नवौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणभा आउँदो पुस ६ गते काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा मुख्य अजेन्डाका रुपमा मर्जर प्रक्रिया सुरु गर्ने प्रस्ताव पारित हुनेछ । सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने गाभिन वा प्राप्ति गर्ने विषयमा सभामा छलफल हुनेछ। त्यस्तै स्वदेशी तथा विदेशी रणनीतिक साझेदारी जान आवश्यक सहमति र सम्झौता गर्नेलगायतका प्रचलित नियम, कानुनअनुसार बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय सभाले पारित गर्नेछ ।
सभामा अर्को मुख्य अजेन्डाका रुपमा राखिने गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजीको ६.५७ प्रतिशतबराबरको नगद लाभांश पनि पारित हुनेछ।
बैंकले साधारणसभा प्रयोजनार्थ मंसिर २३ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ बैंकको साधारणसभामा भाग लिन लाभांशको हकदार बन्न मंसिर २२ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19