काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको तुलनामा ३५.५५ प्रतिशतले खुद नाफा बढाएको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा संस्थाले १ करोड ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यही अवधिमा संस्थाले ७४ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा घटेको छ । संस्थाले ८८ लाख २१ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । जुन गत वर्ष यही अवधिमा १ करोड १६ लाख रुपैयाँ रहेको थियो ।

दोस्रो त्रैमासमा संस्थाले ४ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । जुन गत वर्ष यही अवधिमा २ करोड ९४ लाख रुपैयाँ थियो । 

यो अवधिमा संस्थाले ३५ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २० करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरी ७५ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले रिजर्भको आकार १०६.०८ प्रतिशतले बढाएको छ। गत वर्ष यही अवधिमा १ करोड ७४ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ३ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी १० करोड ९७ लाख रुपैयाँ रहेको थियो । 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.६४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४५.३४ रहेको छ ।