Srijana Finance Quarterly Report
काठमाण्डौ । सिर्जना फाइनान्स लिमीटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासिक बित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बित्तीय संस्था बनेको छ ।
मंगलबार यो कम्पनीले पहिलो त्रैमासको बित्तीय विवरण सार्वजनिक गरेको हो ।
सिर्जना फाइनान्स लिमीटेडले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आबको पहिलो त्रैमासमा नाफालाई ३२१.९४ प्रतिशतले वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७२/७३ को पहिलो त्रैमासमा ३४ लाख ८७ हजार खूद नाफा आर्जन गरेको यो फाइनान्सले चालु आबको सोही अवधिमा १ करोड ४७ लाख नाफा गरेको हो ।
अघिल्लो वर्ष ५४ लाख ८० हजारमा सीमित रहेको संचालन नाफा यो वर्ष २ करोड ३१ लाखको उचाईमा पुगेको छ । १ करोड २३ लाखमा सीमित रहेको खूद ब्याज आम्दानी ४ करोड १० लाख पुगेको छ ।
यो फाइनान्सको चुक्तापूँजी २१ करोड १६ लाख रहेको छ भने जगेडा कोषमा १६ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको पहिलो त्रैमासमा १ अर्ब ४६ करोड मात्र निक्षेप संकलन गरेको यो फाइनान्सले चालु आबको सोही अवधिमा २ अर्ब ४३ करोड निक्षेप संकलन गर्न सफल भएको छ । १ अर्ब १९ करोड कर्जा प्रवाह गरेको फाइनान्सले यो वर्षको पहिलो त्रैमासमा २ अर्ब १४ करोड कर्जा प्रवाह गर्न सफल भएको छ । अघिल्लो वर्ष १.१७ प्रतिशतमा रहेको निस्क्रिय कर्जा यो वर्ष १.१८ मा पुगेको छ ।
यो कम्पनीको प्रति सेयर आम्दानी २७.८० रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १७७.३९ रुपैयाँ रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago